एउटा नरकतुल्य यात्रा

भोगाइका अनेकौँ किस्साको नाम नै जिन्दगी रहेछ। एउटा जिन्दगीमा कति घटना, परिस्थिति, व्याधि भोग्नुपर्ने! निजी जीवनका आरोहअवरोह त भइहाले, आमजनलाई तरंगित पार्ने घटनाले पनि हामीलाई बेलाबेला छोइराख्छ। २०७२ सालको भूकम्पदेखि नाकाबन्दी र कोभिड महाव्याधिसम्म, २०६२/६३ को जनआन्दोलनदेखि हालसालैको जेन-जी विद्रोहसम्म। यसपालि भने निजी जीवनकै एउटा प्रसंगबारे लेख्दै छु। विमान परिचारिकाले नेपालगन्जको राँझा विमानस्थलमा अवतरण हुन […]