काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायांकन स्टुडियोको मंगलबार आरम्भ उद्घोष (शिलान्यास) गरेका छन् । बयालीस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधा सम्पन्न छायांकन स्थल हुने छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन् […]