काठमाडौं– सरकारले फागुन २१ (बिहीबार) हुने निर्वाचनका लागि हेलिकप्टरमार्फत् सुरक्षा गस्ती गरिरहेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार बुधबारबाटै सरकारले सुरक्षा गस्ती गर्ने गरी गतिविधि अगाडि बढाएको हो। बुधबार बसेको सुरक्षा समितिको बैठकले हेलिकप्टर गस्तीका लागि आवश्यक अधिकार दिइसकेको छ। काफ्लेका अनुसार बुधबार बिहानै ७७ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग बैठक बसेपछि मतदाता, मतदान […]