बिस्तारै गर्मी मौसमको सुरुवात भइरहेको छ र तापक्रम पनि बढ्दै गइरहेको छ। यस्तो समयमा शरीरलाई शीतल राख्ने र पानीको मात्रा सन्तुलित बनाउने खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ। पसिना धेरै आउने हुनाले शरीरलाई 'हाइड्रेटेड' राख्न पानीको मात्रा बढी भएका फलफूल, दही, मही र हरियो सागसब्जीको सेवनमा जोड दिनुपर्छ।