काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाटमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–१ घर भई हाल काठमाडौं–३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ छन्। घिसिङले भदौ २४ गते भएको प्रदर्शनका क्रममा प्रहरी वृत्त नयाँ […]