नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका विदेशमन्त्री एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ। आइतबार साँझ नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा विशेषगरी दुई देशबीचको सम्पर्क सञ्जाल (कनेक्टिभिटी), व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा […]