बाढी प्रभावितका लागि फ्रान्सले दियो राहत सामग्री

काठमाडौँ। भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितहरुका लागि फ्रान्सले मानवीय सहायता सामग्री उपलब्ध गराएको छ । विनाशकारी बाढीपछि तत्काल राहत र पुनरुत्थान कार्यलाई मजबुत बनाउन नेपालस्थित फ्रान्सको दूतावासले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई मङ्गलबार राहत सामग्री उपलब्ध गराएको फ्रान्सेली दूतावासले जनाएको छ । फ्रान्सले म्याट, सरसफाइ किट, भान्साका सामान, पानी शुद्धीकरण […]