विदेशी ब्याटर र नेपाली बलरले धानेको एनपीएल

नेपाली बलरको निरन्तर प्रभाव र विदेशी ब्याटरको उचाइले यतिबेला नेपाल प्रिमियर लिग (एनपीएल)लाई दुई धारमा बाँडेको देखिन्छ। एकातिर सन्दीप लामिछाने र अविनाश बोहराजस्ता घरेलु बलरले समान १२ विकेट लिँदै परिपक्वता देखाइरहेका छन्। अर्कातर्फ विदेशी ब्याटरले सहजै रन बनाएर आफ्नो अनुभव लिगमा प्रस्तुत गरिरहेका छन्। यही चक्रले लिगमा प्रतिस्पर्धा बढ्दा दर्शक लिगतिर आकर्षित हुन थालेका हुन्। […]