जेनजेड आन्दोलन : पक्राउ परेकाका आमाहरूद्वारा सिंहदरबार अगाडि धर्ना

काठमाडौँ । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजेड आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूका आमाहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्। आफ्ना छोराछोरीको रिहाइको माग गर्दै उनीहरूले आज सिंहदरबार अगाडि बसेर विरोध प्रदर्शन तथा धर्ना दिएका हुन्।