मादुरो पक्राउपछि ट्रम्पको दाबीः ‘राजनीतिक संक्रमण नहुँदासम्म अमेरिकाले भेनेजुएला चलाउनेछ’

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा राजनीतिक संक्रमण नहुँदासम्म अमेरिका स्वयंले देश “चलाउने” दाबी गरेका छन्। अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको केही घण्टापछि ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले “सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण नहुँदासम्म अमेरिका भेनेजुएला चलाउनेछ” भने। उनका […]