रसुवा बाढीको बीमा दाबी करिब २१ अर्ब, साना दाबीमा सर्भेयर नचाहिने

भदौ १० गतेको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूसमक्ष परेको अनुमानित दाबी २० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। ठूलो रकमको दाबी फर्छ्योट छिटो गर्न नेपाल बीमा प्राधिकरणले ‘रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ लागू गरेको छ। यो दाबी गरिएको रकम हो, बीमितलाई भुक्तानी भइसकेको रकम होइन। प्राधिकरणले यसअघि सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कमा सम्भावित […]