सुदूरपश्चिम । सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा प्रणालीमा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म सात लाख ३२ हजार ७५२ जना बिमा प्रणालीमा जोडिएका हुन् । बोर्डका सुदूरपश्चिम संयोजक जनकबहादुर साउदले बिमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएको तथ्यांकअनुसार जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीका तीन लाख […]