जुद्ध शमशेरलाई सन्तवीरको सन्देश– तिमीले मेरो रौँ पनि हल्लाउन सकेनौ

११ मंसिर १९८९, भारतको कोलकातास्थित उच्च अदालतको प्रांगण। ब्रिटिस-भारतका सिपाहीले एक जना नेपालीलाई डोरीले बाँधेर न्यायाधीशद्वय एसके घोष र हेन्डर्सनको अगाडि उभ्याए। सिपाहीको नियन्त्रणमा रहेका ती नेपालीलाई डाँक विभागमा कार्यरत एक कर्मचारीको हत्या गरेको अभियोग लागेको थियो। दार्जिलिङको जिल्ला अदालतले दोषी ठहर गरिसकेको अवस्थामा उनले आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै उच्च अदालत, कोलकातामा पुनरावेदनका लागि […]