अनि मैले आफैँलाई भनेँ- अब गाउँमै बस्छु!

सुविधाको खोजीमा गाउँ त्याग्ने होइन, सुविधा सिर्जना गर्न गाउँमै बस्नु छ। मसँग धेरै केही पनि छैन तर गाउँप्रतिको माया अथाह छ। संसारलाई बदल्ने सामर्थ्य छैन तर आफ्नै गाउँ बदल्ने चाहना छ। अर्काको देशमा गुमनाम भएर बस्नुभन्दा आफ्नै गाउँमा केही बनाउने सपना छ।