मानव बेचबिखनसम्बन्धी अमेरिकी निगरानी सूचीमा नेपाल लगातार तेस्रो वर्ष, अभियोजन घट्यो

काठमाडौं — मानव बेचबिखन नियन्त्रणका लागि अनुसन्धान र अभियोजन घटेको, कानुनी सुधार हुन नसकेको तथा सरकारी अधिकारीको संलग्नतासम्बन्धी चिन्ता कायम रहेको भन्दै अमेरिकी विदेश मन्त्रालयले नेपाललाई सन् २०२६ मा पनि मानव बेचबिखनसम्बन्धी ‘टियर २ वाच लिस्ट’ अर्थात् दोस्रो तहको निगरानी सूचीमा राखेको छ। यो सूचीमा नेपाल लगातार तेस्रो वर्ष परेको हो। अमेरिकी विदेश मन्त्रालयले अक्टोबर […]