काठमाडौँ । हिमालको चिसो सिरसिरे हावा, फेवातालको सुस्त छाल र लेकसाइडको मनमोहक झिलिमिली–यतिबेला पोखरा आफ्नै देशका पाहुनाहरूको न्यानो मायामा रमाइरहेको छ । पोखराको साँझ सधैँ खास हुन्छ तर यस पटकको साँझ अझ बढी जीवन्त र मायालु देखिएको छ । देशका विभिन्न कुना–काठमाडौँको व्यस्तता, तराईको गर्मी र पूर्व–पश्चिमका गाउँबस्तीहरूबाट आफ्नै देशको माटो र सौन्दर्य चहार्न निस्किएका […]