बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला

काठमाडौं। आज तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ। दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्। आज पनि मन्दिर बिहानैदेखि खुला गरिएको रानीपोखरी एवं मन्दिर क्षेत्र व्यवस्थापन समितिले जनाएको छ। मन्दिर आज भक्तजन आएसम्म खुला […]