काठमाडाैं। मधेश प्रदेश सभाको सभामुख पदका लागि २ जना प्रदेश सभा सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारित गरिएको मनोनयन दर्ताको समयमा सत्तारुढ ७ दलीय गठबन्धनकोतर्फबाट जनता समाजवादी पार्टी (जसपा)नेपालका रामअशिष यादव र एमालेका त्रिलोकी प्रसादले सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको प्रदेशसभा सभिवालयका प्रवक्ता विपिन ठाकुरले जानकारी दिनुभयो। […]