अत्यधिक चिसो बढेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन मन्त्रालयको अनुरोध

देशभर अत्यधिक चिसो बढ्दै गएकाले स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ। जाडोयामसँगै तापक्रम सामान्यभन्दा कम हुँदा शीतलहर, हुस्सु, कुहिरो र हिमपातजस्ता मौसमी अवस्थाले जनस्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको मन्त्रालयको भनाइ छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार चिसोका कारण रुघाखोकी, ज्वरो, दम बढ्ने, सास […]