गगनले फकाए, तर साथीहरूलाई छोडेर जान्नँ: शशांक कोइराला
नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले सभापति गगन थापाले आफूलाई विभिन्न प्रलोभन देखाएर फकाउने प्रयास गरे पनि आफ्ना सहयात्री नेताहरूलाई चटक्कै छोडेर जान अस्वीकार गरेको बताएका छन्।