रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग रहने बताएका छन् ।  बिहीबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले रास्वपालाई शुभकामना दिँदै नयाँ सरकारलाई सकारात्मक र रचनात्मक काममा सहयोग रहने बताएका हुन् । साथै उनले जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरिरहेको समेत प्रतिक्रिया दिए ।  […]