जर्मन बुन्डेस लिगा : बायर्न म्युनिखलाई ३५औँ लिग उपाधि

काठमाडौँ– जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले उपाधि जितेको छ । गएराति एलिएन्ज एरिनामा सम्पन्न खेलमा भीएफबी स्टुटगार्टलाई ४–२ गोलले हराउँदै बायर्नले चार खेल बाँकी छँदै आफ्नो ३५औँ बुन्डेसलिगा उपाधि सुरक्षित गरेको छ । यो जितसँगै बायर्नको दोस्रो स्थानको बोरुसिया डर्टमन्डसँग १५ अंकको अग्रता बनेको छ । अबका चारवटै खेल हारेको अवस्थामा पनि बायर्नको उपाधि […]