उम्मेदवारका प्रचार सामग्री पोस्ट गर्ने सम्पादकहरूलाई कारबाही गर्न पत्राचार, गोरखापत्रलाई सोधियो स्पष्टीकरण
निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे अध्ययन, अनुसन्धान गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिलमा लेखी पठाएको छ ।