ऋषि कट्टेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका नेता ऋषि कट्टेललाई थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीशहरू हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले प्रहरी हिरासतमा रहेका कट्टेललाई छोड्न मंगलबार आदेश गरेको हो। बदनियतपूर्वक थुनामा राख्न नहुने भन्दै सर्वोच्चका मुद्दा हेर्ने महाशाखा प्रमुखको रोहबरमा थुनामुक्त गर्न आदेश छ। कट्टेललाई निर्वाचन बहिष्कारका लागि अभियान चलाएको भन्दै ६ फागुनमा […]