इस्लामी बैंकिङ : ब्याज हटाउने मात्र होइन, कारोबारको संरचना नै फरक हुने वित्तीय प्रणाली

आधुनिक अर्थतन्त्रमा बैंकबिनाको आर्थिक गतिविधि कल्पना गर्न कठिन छ। बचतदेखि लगानी, व्यापारदेखि उद्योग र घरदेखि ठूला पूर्वाधारसम्म बैंकिङ प्रणाली जोडिएको हुन्छ। तर परम्परागत बैंकिङभन्दा फरक अवधारणामा सञ्चालन हुने अर्को वित्तीय प्रणाली पनि विश्वमा विस्तार भइरहेको छ, इस्लामी बैंकिङ। इस्लामी बैंकिङलाई सामान्यतया ‘ब्याजरहित बैंकिङ’ भनेर बुझ्ने गरिन्छ। तर यसको अवधारणा ब्याज नलिने वा ब्याजको नाम परिवर्तन […]