काठमाडौँ । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा आफन्त गुमाएका परिवारसँग सभामुख डीपी अर्यालले सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरमा भेट गरेका छन् । उनले पीडित परिवारलाई राहत उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय तहसँग पहल गर्ने प्रतिबद्धता जनाए । शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै सभामुख अर्यालले यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक कदम चालिने बताए । […]