नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहअन्तर्गतको शेयर लिलाम बिक्रीमा आएको छ। यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूह तर्फका २१ लाख ७१ हजार ९३५ कित्ता शेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। कम्पनीका अनुसार उक्त शेयरका लागि न्यूनतम बोलकबोल मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १ लाख कित्ता […]