सुन्दर र ज्योतिको पहिलो मायाको निशानी भएर मेरो नाम सुज्योत्सना राखिएको रहेछ। मैले यो संसारमा आँखा खोल्दा त्यो नामले जस्तो उज्यालो घरको वातावरणमा कतै पनि थिएन। सबैभन्दा पहिलेको स्मृति नै भित्री आँगनको त्यो गहिरो मौन हो जसमा हरेक श्वासले पीडाको बोझ ओइलाएको थियो।