सञ्चारगृहमा अवरोध र त्रास सिर्जना गर्ने गतिविधिको छानबिन गर्न प्रेस सेन्टर नेपालको माग

प्रेस सेन्टर नेपालले काठमाडौंका विभिन्न सञ्चारगृहको प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीको नियमित कार्यसम्पादनमा अवरोध र त्रास सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। प्रेस सेन्टर नेपालका महासचिव मनोत घर्तीमगरद्वारा जारी विज्ञप्तिमा आज बिहानदेखि काठमाडौंका केही प्रमुख सञ्चारगृहको कार्यालय परिसरमा शंकास्पद सवारीसाधन राखेर पत्रकार तथा कर्मचारीको आवतजावतमा बाधा पुर्‍याइएको र त्रासपूर्ण वातावरण […]