काठमाडौं । धादिङको गजुरी नजिक गलौदीमा त्रिशूली नदीको कटानका कारण भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुलाउन मर्मत कार्य तीव्र पारिएको छ। सडक सञ्चालनमा ल्याउन अहिले भित्तातर्फको भाग खन्ने अर्थात् ‘ब्याक कटिङ’ गर्ने काम भइरहेको छ। सडक विभागका सूचना अधिकारी सुभाञ्जन दाहालका अनुसार त्रिशूली नदीले सडकको किनार कटान गरेपछि गजुरीबाट काठमाडौं जानेतर्फको गलौदी खण्ड भासिएको थियो। […]