कर्जा दुरुपयोग आरोपमा पूर्वमुख्यमन्त्री बानियाँका छोरा दिक्षान्त पक्राउ

बैंकिङ कसुरको अनुसन्धानका क्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दिक्षान्त बाँनिया पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई सोमबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४, भैरहवाबाट पक्राउ गरेको हो । सीआईबीको विज्ञप्तिअनुसार नेपाल राष्ट्र बैंकको पत्र जाहेरीका आधारमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत बाँनियामाथि अनुसन्धान अघि बढाइएको हो । […]