सुरुआतमा तामझाम, कार्यान्वयन ठन्डाराम

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका‐३ की मनीषा बुढाथोकीले कर्णाली प्रदेश सरकारको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमअन्तर्गत २०७७ सालमा छोरी सनिसाको नाममा खाता खोलिदिइन्। छोरीलाई गरिने विभेद अन्त्य गर्ने, बालविवाह रोक्ने र माध्यमिक शिक्षा सुनिश्चित गर्ने उद्देश्यले प्रदेश सरकारले १ साउन २०७६ देखि यो कार्यक्रम लागू गरेको थियो। कार्यक्रमअन्तर्गत सरकारले छोरी जन्मेको पहिलो महिना एक हजार रुपैयाँ […]