काठमाडौं। साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि सेयर बजार बढेको छ। आइतबार ३९.९२ र सोमबार ५०.४४ अंकले बढेको नेप्से मंगलबार भने ५.३२ अंकले मात्र बढ्यो। ०.२० प्रतिशतले बढेको नेप्से २६५५.९९ विन्दुमा रोकिएको छ। आज ३१९ कम्पनीको एक लाख दुई हजार ६४२ पटकको कारोबारमा एक करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर किनबेच भए। […]