अविरल वर्षाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएपछि सवारी तथा ढुवानीका साधन आवतजावत गर्न थालेका हुन्। सडक डिभिजन कार्यालय चितवनका अनुसार आइतबार बिहान ७:५५ बजे नाम्सीखोलामा लेदोसहितको पहिरो खसेको थियो। कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार पहिरो हटाएर दिउँसो १२:१५ बजेदेखि सडक सञ्चालनमा ल्याइएको हो। सडक […]