डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र स्वास्थ्य मन्त्रालयबीच आठ बुँदे सहमति, आन्दोलन फिर्ता

एसोसिएसनले परिषद्मा डेन्टल साइन्स हाइजेनिस्टलगायत सम्बन्धित पेसागत संघ–संस्थाको कानुनबमोजिम प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई निर्णय प्रक्रियाबाट अलग राख्नुपर्ने र डेन्टल समुदायको छुट्टै निर्वाचन हुने गरी परिषद्को नियमावली संशोधन गर्नुपर्ने माग राखेको थियो।