दलाललाई लाखौँ रकम तिरेर पानामा, कोस्टारिका र मेक्सिको पुगे पनि विनाभिसा अमेरिका छिर्ने यात्रा पूरा नभएपछि कैयौँ नेपालीहरू बीचबाटै नेपाल फर्किरहेका छन् । मेक्सिकोको सीमाक्षेत्रबाट विनाभिसा अमेरिका छिर्न खोज्ने नेपालीहरूलाई सीबीपीले पक्राउ गरेर मेक्सिकोमा नै फिर्ता पठाउने ‘रिमेन इन मेक्सिको’ नीति ट्रम्प प्रशासनले पुनः लागू गरेपछि अमेरिका आउने यात्रामा रहेका नेपालीहरू बीचबाटै फर्कन थालेका हुन् […]