सरकारले औषधिमा पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ : नेउवा महासंघ अध्यक्ष ढकाल

कोभिडपछि विदेशी मुद्रा अभाव हुँदा सरकारले आयात नियन्त्रणको नीति अपनाएको प्रसंग उल्लेख गर्दै ढकालले त्यसको प्रभावकारिता अपेक्षित रूपमा देखिन नसकेको बताए। गाडी तथा मोटरसाइकल जस्ता केही वस्तुमा मात्र नियन्त्रण गरिएको तर अन्य क्षेत्रमा प्रभावकारी रूपमा लागू हुन नसक्दा राजस्वमा असर परेको र औपचारिक व्यवसायहरू अनौपचारिकतर्फ जान प्रेरित भएको उनले बताए।