आँखा स्वास्थ्य सेवा र अनुसन्धान विस्तारका लागि तिलगंगा र बीपी प्रतिष्ठानबीच सहकार्य

सम्झौतापत्रमा तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइत र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तर्फबाट उपकुलपति प्रा. डा. विक्रम प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्। यस सहकार्यले दुवै संस्थाबीचको शैक्षिक, अनुसन्धान तथा सेवा प्रवाहको क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।