कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे गरेको ६ महिना नबित्दै उक्किन थालेको छ ।  निर्माण कम्पनीले गत असारमा गरेको कालोपत्रे असोज नबित्दै ठाउँठाउँमा भत्किएपछि सडकको गुणस्तरमाथि प्रश्न उठेको छ । महालक्ष्मी–कञ्चनजङ्घा–शुभकामना जेभीले कालोपत्रे गरेको बागखोर–कालापानी खण्डका दर्जनभन्दा बढी स्थानमा सडक भत्किएको छ । कतिपय ठाउँमा कालोपत्रे उक्किएर सडक हिलाम्मे बनेको छ। […]