काठमाडौं । जनआस्था मिडियाका सम्पादक किशोर श्रेष्ठलाई घरबाटै गिरफ्तार गरिएको घटनाप्रति जेन्जी अभियन्ता अजय सोडारीले आपत्ति जनाएका छन् । सोडारीले पत्रकार श्रेष्ठको गिरफ्तारीलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भन्दै उनलाई तत्काल रिहा गर्न माग गरेका छन् । उनले सार्वजनिक पदमा रहेका व्यक्तिको आचरण, नैतिकता र कार्यशैलीमाथि प्रश्न उठाउनु पत्रकारिता र नागरिकको अधिकार भएको बताएका छन् […]