दसैँपछिका तीन दिन अधिकांश ठाउँमा मौसम सफा, केही हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

दसैँको टीकापछिका तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। पश्चिमी वायुको आंशिक प्रभाव कायम रहे पनि सीमित हिमाली तथा पहाडी स्थानमा मात्रै हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहीबार देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। […]