ताप्लेजुङ। फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ। केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै आएको छ। गत सातामा भालुको आक्रमणबाट आठ खसीबाख्रा मरेका छ भने तीनवटा घाइते भएका छन्। हाङ्देवास्थित बुङ्कुलुङको धुपौरे क्षेत्रमा यसरी भालुले क्षति पुर्याएपछि मङ्गलबार डिभिजन वन कार्यालयको अगुवाइमा फलामे खोर राखिएको सामुदायिक वन उपभोक्ता महासङ्घ […]