राष्ट्र बैंकका ‘हाकिम’ देब्रे भएपछि एनआईसीमा नेतृत्व संकट, सीइओपछि अध्यक्षको पनि राजिनामा

एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजिनामा दिएको केही दिनमै बैंकका अध्यक्ष तुलसीराम अग्रवालले पनि पदबाट राजिनामा दिएका छन् । दुवै जनाको राजिनामा व्यक्तिगत कारण देखाइए पनि वास्तविक रूपमा नेपाल राष्ट्र बैंकको दबाबमा नेतृत्व परिवर्तन भएको उच्च स्रोतको दाबी छ । अग्रवालको राजिनामा बैंकको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । उनी २०७८ […]