चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको पिंगलास्थानबाट सोमबार चोरीको मोटरसाइकलसहित काभ्रेको तेमाल गाउँपालिका घर भइ हाल काठमाडौंको बालाजु बस्ने ४१ वर्षीय बुद्धबहादुर सेढाईंलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पिंगलास्थित एक पार्किङबाट बा ६६ प ४४३४ नम्बरको मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । उक्त मोटरसाइकल पर्साको छिपहरमाई […]