थप रिक्त एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

काठमाडौँ । नेपाल सरकारको रिक्त थप एक सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ। बुधबार(आज) बिहान बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले उत्तरकुमार खत्री, कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङको नाम क्रमश: सिफारिस गरेको हो। सिफारिसमा पहिलो नम्बरमा रहेका खत्री हाल अर्थ मन्त्रालयमा कार्यरत छन्। उनी मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा […]