चिलिमे हाइड्रोपावरमा उद्धार प्रयास तीव्र: आज साँझसम्म शुभ समाचार आउने आशा

काठमाडौ । सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले उद्धार प्रयास जारी रहेको चिलिमे हाइड्रोपावरबाट आज साँझसम्म शुभ समाचार आउन सक्ने आशा व्यक्त गरेका छन्। सुरुङ हुँदै विद्युत् गृहसम्म भइरहेको खोजी तथा उद्धारका क्रममा करिब ८० मिटरको दूरीभित्र ठूला ढुंगा र लेदोले बाटो बन्द गरेको पाइएको उनले बताएका छन्। ढुंगा र लेदोका कारण बाटो अवरुद्ध भएकाले भित्रतर्फ […]