खोटाङ हेलिकप्टर दुर्घटनाः घाइतेलाई काठमाडौं ल्याइयो(अपडेट)

खोटाङ हेलिकप्टर दुर्घटनामा घाइते भएका एक यात्रुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । बुधबार दिउँसो केपिलासगढी गाउँपालिका-२ बालाबेसी क्षेत्रमा एयर डाइनेस्टीको ‘९एन-एफक्यू’ कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त घटनामा काजीबहादुर राई घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घाइते राईलाई सोही कम्पनीको अर्को हेलिकप्टरमार्फत काठमाडौंल्याई उपचारको व्यवस्था गरिएको हो । […]