ओलीको स्वास्थ्य अवस्था : पत्थरीको शल्यक्रिया गर्न दिए सहमति, परीक्षण रिपोर्ट कुर्दै चिकित्सक

काठमाडौं– ज्यान कसुरसम्बन्धी मुद्दामा गत शनिनबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिबेला त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् । मुटुको चालमा गडबडीसहित विभिन्न आधा दर्जन स्वास्थ्य समस्या एकैपटक देखिएपछि उनलाई चैत १५ गते अस्पताल भर्ना गरिएको हो । हाल उनलाई ‘एनेक्स–१’ भवनको शय्या नम्बर ५०१ मा राखिएको छ । […]