कर्णाली सरकारको वित्तीय समानीकरण अनुदान :  गरिबीको असमानता मेटाउने अनुदान धनी पालिकामा केन्द्रित

प्रदेशका १० जिल्लामध्ये सुगम र दुर्गमका आधारमा अनुदान रकममा ठूलो भिन्नता देखिएको छ । नौ स्थानीय तह रहेको सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाले तीन करोड ५३ लाख ३५ हजार रुपैयाँको सिलिङ पाएको छ, जुन प्रदेशभरिकै उच्च हो ।