पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध

बलुचिस्तान- महिला चिकित्सकमाथि भएको एसिड आक्रमणको विरोधमा पाकिस्तानको बलुचिस्तान प्रान्तमा चिकित्सकहरूले थालेको आन्दोलन २१औँ दिनमा प्रवेश गरेको छ। आन्दोलनका कारण सरकारी अस्पतालहरूमा बाह्यरोगी (ओपिडी) सेवा बन्द हुँदा हजारौँ बिरामी नियमित स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्। ओपिडी सेवा लामो समयदेखि अवरुद्ध हुँदा विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएको जनाइएको छ। यद्यपि आपत्कालीन सेवा, शल्यक्रिया […]